काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान करिब साढे ८ बजेबाट सुरु भएको बैठक आगामी निर्वाचनमा केन्द्रित छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सँगको सहकार्य र मोर्चाबन्दीबारे बैठकमा मुख्य गरी छलफल हुने एक नेताले जानकारी दिए ।
साथै आजको बैठकमा आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित कार्यक्रम र नेताहरुको कार्यविभाजनबारे पनि छलफल हुनसक्ने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया