काठमाडौँ – आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगमा ६२ दल दर्ता भएको छ । भने निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन हो।
आगामी ४ मंसिरका लागि तोकिएको प्रदेश र प्रतिनिधिसभा चुनावका लागि दल दर्ताका लागि मंगलबारसम्मको म्याद रहेको निर्वाचन आयोगका सह-प्रवक्ता सुर्य प्रसाद अर्यालले जानकारी दिए ।
निर्वाचन प्रयोजनका लागि सबैभन्दा पहला सिके राउतको नेतृत्वमा जनमत पार्टी दर्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले १० औं नम्बरमा दल दर्ता गराएको थियो ।
सह–प्रवक्ता अर्यालका अनुसार अहिलेसम्म ६२ वटा दल दर्ता भएका छन् । बाँकीले मंगलबार कार्यालय समयभित्र आयोग पुगेर दल दर्ता गराउनपर्ने उनले बताए ।
सत्तारुढ दल नेपाली कांग्रेसले दल दर्ताको जिम्मेवारी पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि गत आइतबारबाट दल दर्ता कार्यक्रम सुरु गरेको थियो ।


प्रतिक्रिया