Breaking

तीनवटा प्रदेशमा सम्भावना वर्षा


काठमाडौँ – देशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना रहेको छ ।

आज बिहान देशका अधिकांश भू–भागमा आंशिक बदली रहको छ । प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भैरहेको छ । 

दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम सवज्ञान विभागले जनाएको छ ।