काठमाडौँ — कोरोना महामारीका कारण देशको दोस्रो सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने पर्यटन क्षेत्र धराशायी अवस्थामा छ । पर्वतीय पर्यटन व्यवसायीको छाता संगठनटानमा यतिवेला तामझामका साथ नेतृत्व चयनको प्रक्रिया सुरु भएको छ । चयन भएकानयाँ नेतृत्वले सुस्ताएको पर्यटन क्षेत्र उकास्न सफल होला । पर्वतीय पर्यटन व्यवसायीहरुको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)ले नयाँ नेतृत्व पाउँदै छ ।
सोमवार संस्थाको ४४ र्औवार्षिक साधारण सभा सहितनयाँ नेतृत्वकालागिमतदानप्रक्रिया सकिएको छ । नयाँ नेतृत्वका लागि तीनजना अध्यक्षका प्रत्यासी प्यानल सहित नै चुनावी मैदानमा उत्रिएका थिए । अध्यक्षका प्रत्यासी पर्यटन व्यवसायी निलहरि बाँस्तोला कांग्रेस र एमाले निकट व्यवसायको गठबन्धन गरेर मैदानमा छन भने राम प्रसाद सापकोटा माओवादी निकट प्यानल सहित चुनावी मैदानमा छन ।उनलाई एमालेको एक खेमाको र एकीकृत समाजवादीले पनि समर्थन गरेको थियो ।
अर्का बोध बहादुर भण्डारी भने टानलाई पार्टी भन्दा टाढा राख्नु पर्ने भन्दै स्वतन्त्र रुपमै अध्यक्षकाउम्मेदवार बनेका थिए । १२ सय बढी व्यवसायी आवद्ध टानको नयाँ नेतृत्वचयनकालागिकरिब हजार मत खसेको छ । चुनावी मैदानमा होमिएका अध्यक्षका प्रत्यासीहरुले आआफू विजयी हुने दाबी गरेका छन् । निर्वाचनका बेला उम्मेद्वारहरुले मुलुकको पर्यटन क्षेत्रको प्रर्वद्धन व्यवसायीहरुको हकहितकै लागेर भने ठुला नारा दिन्छन । चुनावजित्छन ।नेतृत्वमा पुग्छन । तर नयाँ नेतृत्वको आवगमन पनि उहिहात लाग्यो शुन्य । यस्ता संस्थाहरुको नेतृत्वमा पुग्नु वा नेतृत्वका लागि हानथाप बस दलिय भागवण्डा बाँडीचँुडी खाने थलो मात्र बनेको छ भने व्यवसायीहरुको गुनासो जहाँको त्यही छ ।
त्यसो त कोरोना महामारी पछि पनि मुलुकको पर्यटन क्षेत्र उकास्न सरोकारवालाहरुसँगको सहकार्यमा धेरै योजनाहरु अघि सारिएका छन् । तर प्रभावकारी कार्यन्वयनशुन्य छ । पर्यटन क्षेत्र उकास्न बनेका रणनीतिक योजनाहरु प्रायःकागजमै सिमित छन । त्यसैले टानको नयाँ नेतृत्वले पर्यटन क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुको पहलगर्न सक्नुपर्ने विज्ञहरु बताउँछन् । यता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले भने पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण गर्नुपर्नेमा जोड दिन्छन् । कोरोनाका कारण थलिएको पर्यटन क्षेत्र पुरानै लयमा कहिले फकिन्छ टुङगो छैन । धेरै पर्यटन व्यवसायी पर्यटन मजदुर व्यवसायबाट विस्थापितभएका छन । यस्तो अवस्थामा नयाँ नेतृत्वले कोरोनाले थपेको जटिलता समाधान तर्फ ध्यान दिनुको विकल्प छैन ।


प्रतिक्रिया