देश

भारतको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा देउवाद्वारा समकक्षी नरेन्द्र मोदीलाई शुभकामना व्यक्त


काठमाडौँँ — प्रधानमन्त्री शेर बहादुर देउवाले भारतको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदीलाई शुभकामना व्यक्त गरेका छन्। भारतको निरन्तर प्रगति र समृद्धिका लागि मेरो शुभेच्छा छ।

मित्रता र सहकार्यको भावनाका साथ आगामी दिनमा सबन्ध अझ गहिरो हुने विश्वास लिएको छु, देउवाले ट्वीटमा भनेका छन्। त्यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले स्वतन्त्रता दिवसका अवसरमा भारतीय समकक्षी एस जयशंकरलाई शुभकामना सन्देश पठाएका छन्।