काठमाडौं उपत्यकामा विगत केही हप्तादेखि फोहोरको पहाड बन्दै गएको छ । ठूलो पानी पर्दा फोहोर बगाएर ढल थुनिनेदेखि महामारी फैलनेसम्मका समस्या हाम्रो सन्निकट देखिन्छ । फोहोर थुप्रिएको कारण सडकहरु साँघुरो हुन गइ यातायात समेत अवरुद्ध हुन थालेको छ । यो बेला काठमाडौंका प्रमुख बालेन साहलाई ह्यास ट्याग, खुचिङ गर्ने कि रु यो हाम्रो साझा समस्या हो भनेर आवश्यक समन्वय गरेर समस्या समाधान गर्न पहल गरिदिने
गत वर्ष जब म मन्त्री भएर शहरी विकास मन्त्रालयको जिम्मेवारी लिएँ । त्यसपछि मन्त्रालयले २९३ नगरपालिकाको फोहोर व्यवस्थापनमा खास गरी काठमाडौं उपत्यका र यस आसपासको क्षेत्रको फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न थालेका थियो । यो कामको प्राथमिक क्षेत्र हो भनेर ।
फोहोर व्यवस्थापनमा केही कानूनी समस्या, केही राजनीति समस्या, क्षेत्राधिकारको समस्या, “फोहोर मोहर”हो भन्ने आंशिक बुझाइले गर्दा फोहरमा हातै हल्न नपाउने वा नदिने समस्या, समन्वयको अभाव, एकले अर्को तह वा निकायलाई स्वीकार नगर्ने प्रवृति । नयाँ नेतृत्व आउने वित्तिकै अर्ती दिन आउने मान्छेहरूले गराउने अलमल, देखाउने रोमाञ्चित सपना, संघीयतासँगै केन्द्रीय तहमा समन्वय गर्ने, प्रविधिक सहायता दिने निकायको अभाव । क्षेत्राधिकारको प्रश्न त झनै ठूलो थियो। हालसम्म कानून त यो फोहोर व्यवस्थापनको काम स्थानीय तहले गर्ने व्यवस्था छ । यी र यस्ता जटिल समस्याकाबीच काम गर्नुपर्ने चुनौती थियो ।
काममा कहाँबाट हात हाल्ने रु कसरी सुरू गर्ने ? बग्रेल्ती समस्या छन् । त्यही बीचमा हामीले आन्तरिक छलफल गर्यौं र मन्त्रालयको तर्फबाट अन्य निकायसँग धेरै परामर्श गर्यौं । बिभिन्न समयमा गरिएका औपचारिक, अनौपचारिक प्रयास र छलफलपछि बल्ल ठोस निर्णयमा पुगेका थियौं । अहिले ती निर्णयहरू कार्यन्वयनको चरणमा छन् ।
१) बञ्चरे डाँडा स्यानिटरी ल्याण्डफिल साइट छिटो भन्दा छिटो निर्माण सम्पन्न गरी फोहोर खसाउन तयारी गर्ने र फोहोर खसाउन सुरु गर्ने । हाल फोहोर बञ्चरे डाँडामै खसाउन सुरू गरिएको छ ।
२) तीनपिप्ले(बञ्चरे डाँडा सडक खण्ड शहरी विकास मन्त्रालयले टेकओभर गरेर छिटो भन्दा छिटो निर्माण गर्ने कार्य सुरू गर्ने । सिस्डोलमा करिव दुई सय मिटर बाटो फोहोरको पहाडमा बनाउनु पर्ने भएकोले प्राविघिक हिसाले गार्हो काम थियो। जुन काम वर्षा याममा गर्न झनै गार्हो थियो। बाटोको कारण समस्या आउँछ भनेर नै छोटो खरिद प्रकियाको लागि मन्त्रिपरिषदबाट स्वीकृत गरी काम सूरू गरिएको थियो । हाल सडकको एकतर्फी काम सकिएको छ र बाँकी काम तिब्र गतिमा हुदैछ।
३) सिस्डोल डम्पिङ साइट निर्माण गर्न गरिएको ईआईए रिपोर्ट स्वीकृत गर्दा राखिएका शर्तहरू क्रमशः कार्यन्वयन गर्दै जाने र आगामी ६/६ महिनामा ईआईए रिपोर्ट अडिट गर्ने।
४) अडिट रिपोर्टका आधारमा नयाँ ईआईए गर्न आवश्यक भए आगामी वर्ष नास्ट, वन र शहरी विकास मन्त्रालयले आवश्यक अध्ययनको अतिरिक्त ईआईए गर्ने । उक्त रिपोर्टका शर्तको आधारमा बञ्चरे डाँडाको स्यानिटरी ल्याण्डफिल साइटको प्रभावित क्षेत्र, अति प्रभावित क्षेत्र र त्यसको बफर जोन निर्धारण गर्ने।
५) अति प्रभावित क्षेत्रका जनताको जमिन आवश्यकताको आधारमा अधिग्रहणको प्रक्रिया अगाडी बढाउने । यो कामको लागि अर्थ मन्त्रालयसंग आवश्यक परामर्श पनि गरिसकिएको थियो।
६) सिस्डोलमा डम्प गरिएको फोहोरको निश्चित समय भित्र वैज्ञानिक रुपमा पोष्ट क्लोज गर्ने । यो कामको लागि कुन प्रविधि र कस्तो मोडालिटीमा गर्ने भन्ने विषय महानगरलाई “फोहर मैला व्यवस्थापन प्राविधिक सहायता केन्द्र” जसलाई शहरी विकास मन्त्रालयमा स्थापना गरिएको छ त्यस संस्थाले उपलब्ध गराउने।
७) विगतमा नेपाल सरकारका विभिन्न निकायले र महानगर पालिकाले प्रभावित क्षेत्रका सरोकारवालाहरु संग गरिएका संझौताहरूलाई तदारुकताका साथ क्रमशः कार्यन्वयन गर्दै जाने, जुन काम क्रमश अगाडी बढेको थियो।
८) बालाजु-तीनपिप्ले सडक खण्डको निर्माण कार्य यथासिघ्र सुरू गर्न सडक विभागले पुरानो ठेक्का तोडी नयाँ ठेक्का प्रक्रियाबाट तुरून्त प्रारम्भ गर्ने। हाल ठेक्का तोडिको छ। तर निर्माण ब्यवशायिक मुद्धामा गएको छ । यो मुद्दालाई प्राथमिकतामा राख्न पटक पटक परामर्श पनि भएको थियो।
९) प्रभावित क्षेत्रमा अस्पताल बनाउनका लागि काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागको प्रमुखको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शहरी विकास मन्त्रालयका प्रतिनिधि सहित पाँच सदस्य प्राविधिक समिति गठन गरिएको थियो । सो समितिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्डको आधारमा १५ शैयाको अस्पताल बनाउने, दुईवटा प्रभावित पालिका मध्ये उपयुक्त स्थान समेत तय गर्ने अधिकार सहित एक महिना भित्र प्रतिवेदन दिने गरी जिम्मेवारी दिएको थियो ।
१०) फोहोर प्रभावित क्षेत्रलाई काठमाडौं महानगरले उपलब्ध गराएको शिक्षक दरवन्दी सो क्षेत्रका दुई पालिकाबीच न्यायोचित वितरण गर्न आवश्यक अध्ययन गरी उक्त प्रतिवेदनका आधार दरवन्दी मिलान गर्ने प्रक्रिया तत्काल सुरू गर्ने ।
११) चालु आ. व. मा नै प्रभावित क्षेत्रका जनताको स्वास्थ्य विमा गर्ने कार्यक्रम महानगरले तुरून्त प्रारम्भ गर्ने।
१२० फोहोरलाई श्रोतमै वर्गीकरण गरी ननअर्गानीक फोहोर मात्र ल्याण्डफिल साईट लाने गरी आवश्यक व्यवस्था गर्ने।
यसो गर्ने हो भने बञ्चरे डाँडा स्यानीटरी ल्याण्डफिल साईट करीव डेड दुई सय वर्षलाई पुग्छ। यत्तिकै डम्प गर्ने हो भने १५/२० वर्षमा भरिन्छ। त्यसैले फोहोरलाई श्रोतमा बर्गिकरण कसरी गर्ने, कसरी संकलन गर्ने र कसरी विसर्जन गर्ने भन्ने म्यानुअल दिन आवश्यक हुन्छ। त्यसको लागि शहरी विकास र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तुरून्त तयारी गर्ने र शहरी विकास मन्त्रीको अध्यक्षतामा रहेको स्टेरिङ कमिटीले निर्णय गरी, जारी गर्ने गरी, यो काम पन�


प्रतिक्रिया