देश

भायानेटको नयाँ साखा अब सुर्खेत, घोराही र तुलसीपुरमा


नेपाल भरिनै व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाकालागि परिचित भायानेट कम्युनिकेसनलेआफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ साखाविस्तार गरेको छ । आफ्नो ग्राहकहरूका लागि समय समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट अबसुर्खेत, घोराही र तुलसीपुरका सर्वसाधारण पनि लाभान्वितहुने छन् । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा-फाईजस्ता योजनाहरू मार्फत सुपथमुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजालिन पाउने छन् ।


यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवाविस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको छ । साथै यो सेवालिँदा ग्राहकले इन्टरनेट, वाईफाईडि भाइस र भायाटिभीको प्राइमरीसेट अप बक्सइन्स्टलेसन पनि निशुल्क पाउने छन् । यो सुविधा भने कम्पनीले सिमित अवधिको लागि ल्याएको छ । भायानेट सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा खोलिएको छ । घोराही सर्भिस सेन्टर भने बी पी चोक क्यापिटल हस्पिटल घरको तेस्रोतलामा खोलिएको छ । त्येस्तैभायानेट तुलसीपुरको सर्भिस सेन्टर मनपुर रोड एन आई सीएशियाबैंक नजिकै खोलिएको छ ।

भायानेटले नेपालमा पहिलोपटक फाइबर अप्टिकइन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मायसले नेपालमा पहिलो आइपिटिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्रगतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइ एस ओ ९००१:२०१५ प्रामाणिक कम्पनी हो ।

भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवाप्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वकाप्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ । अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदानगरि रहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममारहेको छ ।

आजको विश्वइन्टरनेटमा निर्भररहेको छ । हाम्रो सम्पूर्ण दिनचर्याको अधिकांश हिस्साइन्टरनेटकै सेरोफेरोमा बित्ने गर्दछ । यस्तो अवस्थामा तीव्रगतिको इन्टरनेट सबैको आवश्यकता बनेको छ । यसैले भायानेटले तीव्रगतिको उच्चगुणस्तरीय इन्टरनेट सेवा प्रवाहगरेर ग्राहकहरुलाई हरदम अगाडी बढ्न सहयोग पुर्याउँदै आएको छ । साथै विभिन्न सूचना मुलक, समाचारमुलक र मनोरन्जनात्मक टिभी च्यानलहरु समेत एउटै छानामुनी उपलब्ध गराएर ग्राहकहरुलाई थप सुविधा पनि प्रदानगर्दै आइरहेको छ ।