काठमाढौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन प्रतितोला ९७ हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला १२ सय ५० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया