काठमाडौँ — काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन झन् झन् जटिल गएको छ। फोहोर व्यवस्थापनका लागि निर्मित धादिङ बेंसीस्थित बञ्चरेडाँडालाई लिएर फेरि नयाँ समस्या देखिएको छ।
करिब ७५ दिनदेखि काठमाडौंको फोहोर उठ्न नसकिरहेको अवस्थामा आइतवार तीन सत्तारुढ दलले सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका छन् ।
सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका धादिङको धुनीबेंसी नगरपालिका स्थित संगठनहरुले बञ्चरेडाँडा अब सदाका लागि फोहोर फ्याँक्न नदिने घोषणा गरेका हुन्।


प्रतिक्रिया