काठमाडौँ — चीनसँगको सीमा नजिक अमेरिका र भारतले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन् । दुई देशले नियमित रूपमा गर्दै आएको संयुक्त ‘युद्ध अभ्यास’ को १८औँ संस्करण केही दिनमा सुरु हुने भारतीय तथा अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
यो वर्षको सैन्य अभ्यास सीमा विवाद रहेको चीनसँगको सीमा क्षेत्रबाट एक सय किलोमिटर भन्दा कमको दूरीमा हुने तयारी छ । उत्तराखण्डको औलीमा १० हजार फिटको उचाइमा हाइअल्टिच्युड युद्ध अभ्यास हुने भएको हो । भारतीय सेनाका शीर्ष अधिकारीले त्यसको पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएको छ । दुबै देशका अधिकारीले नियमित अभ्यास भनेका छन् । तर, चीन भने सशंकित बनेको छ ।


प्रतिक्रिया