Breaking

सान्जेन जलविद्युत कम्पनीको रसुवास्थित साइट कार्यालयमा स्थानियद्धारा तोडफोड र आगजनी


काठमाडौँ — सान्जेन जलविद्युत कम्पनीको रसुवास्थित साइट कार्यालयमा तोडफोड भएको छ । रसुवामा बनिरहेका सान्जेन ९४२।५ मेगावाट र माथिल्लो सान्जेन ९१४।८ मेगावाट आयोजना हेर्ने कार्यालयमा गत्लाङ क्षेत्रका स्थानीय आइतबार दिउँसो तोडफोड र आगजनी गरेका हुन् ।

कम्पनीका एक अधिकारीका अनुसार सेयर बाँडफाट गर्दा आफूहरुलाई अतिप्रभावितको सूचीमा राख्न माग गर्दै गत्लाङका केही स्थानीयले कार्यालयभित्रै पसेर तोडफोड गरेका हुन् । करिब ७०(८० जनाको समूहमा आएका स्थानीय रसुवाले पाउने १० प्रतिशत सयरमध्ये अतिप्रभावितका रुपमा आफूहरुलाई अग्राधिकार नदिएको भन्दै कर्मचारीमाथि पनि हातपात गरेका छन् ।