Breaking

बालेनलाई योगेशको आग्रह : एमालेसँग भिजन छ आउनुस्, देउवा सरकारको हुती छैन


काठमाडौँ — नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहलाई पाँच दलीय गठबन्धनलाई हुती नभएको भन्दै भर नपर्न आग्रह गरेका छन् ।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेको स्वास्थ्य विभाग प्रमुखसमेत रहेका भट्टराईले काठमाडौँको फोहोर ७१ दिनदेखि नउठ्दा संकट बढ्दै गएको पनि उल्लेख गरे ।

‘काठमाडौँका मेयर बालेन शाहलाई आग्रह, ठोस प्रस्तावसहित एमालेसँग सहकार्य गर्न आउनुस्’ , उनले भने,’हुती नभएको यो सरकारसँग भर नपर्नुस् । एमालेसँग त्यो भिजन छु, उनले भने, ‘यसअघि १४ दिनसम्म फोहोर नउठेको रेकर्ड थियो। तर अहिले ७१ दिन भइसकेको छ फोहोर नउठेको । यदि तपाईं यो सरकारको भर पर्नु भयो भने असफल हुनुहुनेछ ।’

उनले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले फोहोर व्यवस्थापनमा चासो नदिएर काठमाडौँलाई बर्बाद बनाउन लागेको पनि आरोप लगाए ।