काठमाडौँ – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई खुमलटार पुगेका छन् ।
आइतवार बिहान खुमलटारमा दुईजना नेताबीच ‘वान टु वान’ वार्ता भएको हो । उक्त वार्तामा प्रचण्डले बाबुरामलाई पाँच दलीय सत्ता गठबन्धनमा सहभागी गराउने प्रतिवद्धता जनाएको स्रोतले उल्लेख गरेको छ ।
प्रचण्ड र बाबुरामबीचको यो समझदारीपछि भोलि (सोमबार) सत्तारुक्ष गठबन्धनको बैठक बस्दैछ । उक्त बैठकबाट बाबुराम नेतृत्वको समाजवादीलाई पनि गठबन्धनमा ल्याउने तयारी भएको स्रोतले जनाएको छ ।


प्रतिक्रिया