काठमाडौँ — सत्ता गठबन्धनका निर्णायक छलफलमा नेकपा (एकीकृत समाजवादी) सहभागि भएपनि सहायक जस्तो छ । झनै स्थानीय तहको निर्वाचनमा बेइमानी भएको आरोप समाजवादीले लगाइरहेको छ । यस्तो बेला हुनथालेको भागबण्डाबाट समेत उ सशंकित छ । यद्यपी संसदीय निर्वाचनमा समेत तालमेल गर्दै जाने उसको लाइन छ । तर काँग्रेसले यसरी नै हेप्न थाले एमालेसँग मिल्ने बाटोमा समाजवादी आशावादी देखिएको छ ।
भर्खरै जन्मिएर तंरिन नपाउँदै नेकपा एकीकृत समाजवादीका नेताहरु खुलेआम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिल्नुको विकल्प नभएको बताउँछन् । र त्यो मिलन मंसिर ४ को निर्वाचनअघि नै हुने उनीहरुको दाबी पनि छ ।
अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको शक्ति टकरावकै कारण गत बर्षको भदौंमा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी बनेको थियो ।त्यसयता सत्ता गठबन्धनमै सामेल भएर समाजवादीले स्थानीय तहको चुनावमा भाग त लियो । जम्मा २० पालिकामा खुम्चिएपछि काँग्रेस र माओवादीमाथि रोष देखाइरहेको छ ।
निर्वाचनमा काँग्रेस र माओवादीले बेइमानी गर्दा परिमाणमा धोका खाएको निष्कर्षसमाजवादीको छ । जुन संसदीय निर्वाचानमा समेत दोहोरिने खतरादेखिपछि निर्वाचनअघि नै एमालेसँग तालमेल गर्नुपर्ने र एमालेकै नेतृत्व आफुले स्वीकार्न तयार रहेको नेताहरु बताउँछन् ।
तर राजनीतिक वृतमा यसलाई समाजवादीमा आएको विचलनका रुपमा अथ्र्याइएको छ ।पार्टी बनेको एक बर्ष नपुग्दै समाजवादीमा ठूलो उतारचढाव आएको छ ।एमालेमा अध्यक्ष ओलीको व्यक्तिवाद हावी भएको भन्दै हारथाक खाएर माधव नेपाल पक्षले समाजवादी बनाएको थियो । पार्टी जस्तो सुकै बनोस् तर एमाले जस्तो नबनोस् भन्दै समाजवादीका नेताहरु सुरुसुरुमा खुब आशावादी देखिएका थिए ।
तर पार्टी दर्ताका लागि निर्वाचन आयोगको ढोकासम्म हात तानेर पु¥याउने रामकुमारी झाँक्रीहरु नै अहिले अध्यक्ष नेपालको कार्यशैलीमाथि सन्तुष्ट छैनन् ।पद, पैशा र मन्त्रीकै पछि दौडिएका नेताहरुले अहिले खुलेआम वादप्रतिवाद गरिरहेका छन् । मन्त्रीबाट हटेका र मन्त्री बनेका नेताहरुको तुष मेटिएको छैन, झनै फैलिएर विषालु बन्ने खतरा पैदा भएको छ ।
एकीकृत समाजवादी राष्ट्रिय राजनीतिमा स्थापित हुने वा विस्थापित भएर चित्रबहादुर केसी र बाबुराम भट्टराईको हैसियतमा पुग्ने ? यही निर्वाचन निर्णायक हो ।गठबन्धनकै भर र गठबन्धनकै डरमा रहेका माधवकुमार नेपाललाई विगतको भन्दा धेरै सिट जितेर एमालेलाई देखाइदिनुपर्ने चुनौतीले निकै दबाब दिइरहेको छ । तर गठबन्धनमा प्रचण्डको सहायक जस्तो बनेको पार्टी काँग्रेसको चेपुवामा परिरहेको छ ।झन पार्टीभित्रकै नेताहरुको फरक फरक मत र विचारहरु सार्वजनिक भइरहँदा नेतृत्वलाई खपिनसक्नु छ ।
एकीकृत समाजवादीको तर्फबाट अहिले चार मन्त्री र एक राज्यमन्त्रीकेन्द्रीय सरकारमा छन् । प्रदेश एक र बागमती प्रदेश सरकारको नेतृत्वसमेत समाजवादीले गरिरहेका छ । सुदुरपश्चिम प्रदेश त समाजवादी एक्लै बहुमतमा छ । तर स्थानीयतहको चुनावमा गठबन्धनका दलहरुले हेपेको आरोप समाजवादीको छ । फलतः काँग्रेसलाई राजा बनाएर आफु पर्जा बन्नु भन्दा एमालेसँगै हेपिन उनीहरु तयार हुन थालेका छन् । तर यसका लागि एमाले अध्यक्ष ओलीले थोरै भएपनि सानो स्वरले बोलाउनुपर्ने माग भने उनीहरुको छ ।


प्रतिक्रिया