देश

सुन्दरीजलमा खस्दा एक जना बेपत्ता


काठमाडौँ — काठमाडौंको सुन्दरीजलमा एक जना पुरूष खसेर बेपत्ता भएका छन् । शनिबार दिउँसो एक जना पुरूष सुन्दरीजलस्थित बागमतीमा खसेर एक पुरूष बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

बेपत्ता भएका पुरूषको खोजी गर्ने काम भइरहेको मैनालीले बताए । उनको पहिचान खुलिसकेको छैन । उनको खोजी गर्न सामाखुसीबाट विपद् व्यवस्थापनको टोली पनि खटिएको छ ।

‘सुन्दरीजलमाथि बागमतीमा एक पुरूष बेपत्ता भएको खबर छ । चिप्लिएर हो कि कसरी खसेको हो खुलिसकेको छैन,’ उनले भने, ‘अरू विवरण आइसकेको छैन ।’यसअघि गत साउन ७ गते पनि सुन्दरीजलमा एक किशोर खसेर बेपत्ता भएका थिए। उनको पछि शव फेला परेको थियो ।