काठमाडौँ — तनहुँमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान म्याग्दे गाउँपालिका ५ छाङपाटन बस्ने ३१ वर्षीय टोपबहादुर कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानाएको ।
उनको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार उनले गत बिहीबार बेलुकी ८ बजे सेती नदीको किनारमा सिसौको रूखमा रहेको अरिङ्गालको गोला पोलेका थिए ।
गोला पोल्ने क्रममा अरिङ्गालले टोकेर उनलाई घाइते बनाएको थियो । घाइते भएका उनको उपचारको लागि शुभलक्ष्मी पोलिक्लिनिक भिमाद हुँदै थप उपचारको लागि पोखरास्थित गण्डकी अस्पताल पठाएको थियो । त्यही उपचारको क्रममा मृत्यु भएको हो ।


प्रतिक्रिया