काठमाडौँ — शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले गठबन्धनको नाममा टिकट वितरण गर्दा मागपदण्ड मिच्न नहुने बताएका हुन् । एकातिर मापदण्ड र अर्कोतिर मन पर्नेलाई टिकट दिने काम नहोस् ।
यसले परिणाम गम्भीर बनाउन सक्छ’ उनले भने, ‘गठबन्धनको लक्ष्य पनि पूरा हुँदैन । मनपरी गर्दा गठबन्धन जुन लक्ष्यका लागि बनेको हो त्यो लक्ष्य पूरा हुँदैन । अहिले पार्टी भित्रपनि विविधता रहेको भन्दै संस्थापन पक्षले सबै पक्ष समेटिने गरी न्यायोचित रुपमा टिकट वितरण गर्नुपर्ने केसीको भनाइ छ ।
‘नेपाली कांग्रेसभित्र भएको विविधतालाई पनि ध्यानमा राखेर व्यापक छलफल हुन जरुरी छ । पार्टी भित्रका विविधतालाई चिर्न नसक्ने हो भने यसले पनि निर्वाचनमा परिणाम गम्भीर बन्छ’ उनले भने ।


प्रतिक्रिया