Breaking

कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव पौडेललाई


काठमाडौँ — नेपाली कांग्रेसले प्रादेशिक र संघीय निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ताको जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले निर्वाचन प्रयोजनका लागि दल दर्ताको जिम्मेवारी मुख्य सचिव पौडेललाई दिने निर्णय गरिएको जानकारी दिए ।