Breaking

नेकपा एमालेमा थप चार जना केन्द्रीय सदस्य मनोनित


काठमाडौँ — नेकपा एमालेले थप चार जनालाई केन्द्रीय सदस्य मनोनित गरेको छ । च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम दाङ, बृजेशकुमार गुप्ता कपिलवस्तु धर्मदत्त देवकोटा ९स्याङ्जा० र अमृत राजवंशी झापालाई केन्द्रीय सदस्य मनोनित गरेको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनित गरेको छ । उनी नेपाली कांग्रेसका महासमिति सदस्य त्यागेर एमाले प्रवेश गरेका थिए ।