विदेश

भारतको १४औँ उपराष्ट्रपतिमा जगदीप धनखड

एजेन्सी


काठमाडौँ — जगदीप धनखड भारतको १४औँ उपराष्ट्रपति बनेका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले उनलाई उपराष्ट्रपतिको शपथ गराएकी हुन् शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्व राष्ट्रपति रामनाथ कोविन्द पनि उपस्थित थिए । २०१९ देखि पश्चिम बंगालका राज्यपाल रहेका जगदीप धनखडले यस महिनाको उपराष्ट्रपतिको चुनावमा एनडीएको उम्मेदवारको चुनावमा विपक्षी उम्मेदवार मार्गरेट अल्वालाई पराजित गरेका थिए ।

राजस्थान जिल्लाको झुन्झुनु जिल्लाको किथाना गाउँमा १८ मे, १९५१ मा जन्मेका धनखडले आफ्नो प्रारम्भिक शिक्षा (कक्षा एकदेखि पाँच) गाउँकै सरकारी विद्यालयमा गरे । त्यसपछि उनले छात्रवृत्ति पाए र चित्तौडगढको सैनिक स्कूलमा भर्ना भए। धनखडले प्रतिष्ठित महाराजा कलेज, जयपुरबाट बीएससी (ऑनर्स) डिग्री लिएका छन् ।

उनले राजस्थान विश्वविद्यालयबाट कानुन पनि पढेका छन् । धनखडको राजनीतिक करियर सन् १९८९ देखि सुरु भएको थियो । त्यस वर्ष उनले भाजपाको समर्थनमा जनता दलको टिकटमा झुन्झुनुबाट लोकसभा चुनाव लडे र पहिलो पटक संसदमा विजयी भए । उनी केन्द्रमा मन्त्री पनि भइसकेका छन् ।