काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
माओवादी अध्यक्ष प्रचण्डका भान्जा गोकुल भण्डारीको हात्तीवनस्थित निवासमा भएको भेट एक घन्टासम्म चलेको थियो । बिहान सवा ९ बजेदेखि सवा १० सम्म भेट भएको हो । बाबुराम भट्टराई निकट स्रोतले चुनावी तालमेल, गठबन्धन र पार्टी एकताका विषयमा छलफल भएको बताएको छ ।
नेसपालाई गठबन्धनमा सामेल गराउने, प्रतिनिसिधभामा डा. बाबुराम भट्टराईको सुनिश्चितताको खोजी गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर फर्केलगत्तै यी ३ नेताबीच भेटवार्ता भएको हो । बुधबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै डा. भट्टराईले आफू योग्य युवा उम्मेदवार आए गोर-२ छाड्न तयार भएको बताएका थिए ।


प्रतिक्रिया