देश

ज्येष्ठ नागरिकलाई ललितपुर महानगरले १० हजार चाडपर्व भत्ता दिने


काठमाडौँ — ललितपुर महानगरपालिकाले ७० वर्ष कटेका नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व भत्ता दिने भएको छ । ७० वर्ष पूरा भएका नागरिकलाई १० हजार रुपैयाँ चाडपर्व मनाउन भत्ता दिन लागेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका स्वकीय सचिव इन्द्र बज्रचार्यले जानकारी दिए । उनका अनुसार पहिले ५ हजार रुपैयाँ दिने गरेको र अहिले त्यस सुविधालाई बढाइएको हो ।

‘उहाँले जितेदेखि नै कार्यान्वयनमा ल्याइएको यो कार्यक्रमलाई निरन्तरता दिइएको हो,’ उनले भने, ‘पहिला ५ हजार रुपैयाँ दिने गरेकोमा अहिले सुविधा बढाएर १० हजार रुपैयाँ पुर्‍याइएको हो ।

ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सजिलो होस् भनेर चाडपर्व भत्ता दिन लागेको उनले बताए। महानगरका अनुसार उक्त रकम एकमुष्ट रूपमा दिइनेछ । ज्येष्ठ नागरिकलाई चाडपर्व मनाउन सन्तानसँग हात थाप्नु नपरोस्,’ उनले भने, उहाँहरूले चाडपर्वमा दक्षिणा दिँदा पनि छोरा बुहारीहरूसँग हात थाप्न नपरोस् भन्ने हो। यसो गर्दा उहाँहरू पनि खुसी हुनुहुन्छ ।


ललितपुर महानगरपालिकामा प्रवक्ता राजु महर्जनले ७० वर्षमाथिका १५ सयभन्दा बढी ज्येष्ठ नागरिक भएको बताए । महानगरमा १५ सयभन्दा बढी ज्येष्ठ नागरिक छन्,’ महर्जनले भने, ुउनीहरूलाई १० हजार रुपैयाँका दरले एकमुष्ट रकम प्रदान गरिनेछ ।’ महानगरले यसको लागि २० करोड रुपैयाँ बजेट छुट्याएको महर्जनले बताए।