Breaking

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिबाट ढिला नहुनु पर्थ्यो: प्रचण्ड


काठमाडौँ — पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमण सकेर स्वदेश आइपुगेका छन् । गत शुक्रबार राति जापान गएका प्रचण्ड बुधबार अपरान्ह काठमाडौं आइपुगेका हुन् । त्रिभुवन विमानस्थलमा पत्रकारसंग कुरा गर्दै प्रचण्डले आफ्नो भ्रमण नेपाल र जापान सम्बन्धलाई थप मजबुद् बनाउन सहयोगी हुने बताए ।

राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी रहेको नागरिकतासम्बन्धी विधेयकबारे सोधिएको प्रश्नमा प्रचण्डले राष्ट्रपतिले विधेयक रोक्नुहुन्न भन्ने आफूलाई लागेको बताए । मैले हिजो जापानमा पनि पत्रकारसँगको अन्तरक्रियामा भनेको थिएँ । राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्थ्यो,’ उनले भने ।

दुबै संसदले पारित गरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पुगेको छ । फरक प्रसंगमा उनले पार्टीका पदाधिकारी छिट्टै टुंग्याउने बताए । ‘पदाधिकारीको नाम मेरो कोटको खल्तीमा छ भनेर अलि बढ्तै भन्नुहुन्छ मिडियाका साथीहरूले। त्यस्तो पनि होइन, हामी चाँडै टुंग्याउँछौं,’ प्रचण्डले भने ।