काठमाडौँ — ललितपुरको नख्खु कारागारमा कैदीहरूले प्रदर्शन गरेका छन् । बुधबार कैदीहरूले केहीबेर प्रदर्शन गरेको जेलर सुवासकुमार लामिछानेले जानकारी दिए । अहिले स्थिति नियन्त्रणमा आइसकेको उनले बताए । कैदीहरूको माग के हुन् भन्नेबारेमा छानबिन हुने पनि उनले बताए । नख्खुको नयाँ ब्लकमा प्रदर्शन भएको हो । कैदीहरूले नाराबाजी गरेका थिए ।
‘भित्र गुटबन्दी भएको हो । छानबिन गरेर के गर्नुपर्छ भन्ने बुझ्छौं उनले भने ‘नेतृत्वलाई टार्गेट गरेको बुझिन्छ । भित्र आन्तरिक प्रशासन हुन्छ । मागहरू के हुन् भन्ने बुझ्दैछौं । साउन पहिलो सातामात्रै नख्खुमा नयाँ चौकीदार नियुक्त भएका छन् । राजन मगरलाई नियुक्त गरिएको थियो । उनी लगायतको टिमविरूद्ध नै नाराबाजी गरेको जेलर लामिछानेले बताए ।


प्रतिक्रिया