काठमाडौँ — मंगलबार रातिको भारी वर्षापछि मनोहरा खोलामा आएको बाढीले पुनर्निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रक्रियामा रहेको च्यासल रंगशालाको मैदानमा ठूलो क्षति गरेको छ । रंगशालाको मुख्य प्रदेशद्वारबाटै छिरेको बाढीले हराभरा मैदान हिलाम्य भएको छ ।
पूर्वपट्टी रहेको मुख्य द्वारबाट छिरेको बाढीको निकास पश्चिमपट्टीबाट निकास हुन नपाउँदा मैदानमा हिलो र फोहोरसहितको पानी जमेर घाँसमा क्षति पुगेको च्यासलका बासिन्दा तथा च्यासल फुटबल क्लबका सचिव शंकर व्यन्जनकारले बताए । च्यासल मैदानमा गत वर्ष भदौ २१ गते आएको बाढीले पनि क्षति पुगेको थियो ।


प्रतिक्रिया