Breaking

जबराविरुद्ध महाभियोग समितिको पहिलो बैठक


काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाभियोगबारे छानबिन गर्न गठित समितिको बैठक अहिले बस्दै छ ।

सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा महाभियोग सिफारिस समितिको पहिलो बैठक बस्न लागेको हो । बैठक दिउँसो १२ बजे वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको शंकर हलमा बस्ने समितिका एक सदस्यले जानकारी दिए।

२२ साउनको संसद बैठकले महाभियोग प्रस्ताव बहुमतले पारित गर्दै महाभियोग सिफारिस समितिमा पठाएको थियो । महाभियोग सिफारिस समितिले बढीमा तीन महिनाभित्र छानबिन गरेर प्रतिवेदन संसदमा पेस गर्ने समयसीमा पाएको छ ।

महाभियोग प्रस्ताव प्राप्त भएपछि महाभियोग सिफारिस समितिले यथाशीघ्र कारबाही प्रारम्भ गर्नुपर्ने भएकोले पहिलो बैठक बस्न लागेको ती सदस्यले जानकारी दिए । आजको बैठकले महाभियोग सिफारिस समितिले संयोजक तोकेर आवश्यक कार्यविधि बनाउन सक्नेछ ।