काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर आज स्वदेश फर्किदै छन् ।
नेपाली जनप्रगतिशील मञ्चको निमन्त्रणमा गत शुक्रबार जापान गएका प्रचण्डसहितको टोली आज दिउँसो साढे ३ बजे काठमाडौँ आइपुग्ने उनको सचिवालयले जनाएको छ ।
टोलीमा अध्यक्ष प्रचण्डसँगै उनका स्वकीय सचिव रमेश मल्ल, प्रेस संयोजक सूर्य किरण र निजी सचिव गंगा दाहाल छन् । जापानमा रहँदा विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्डले त्यहाँको सत्तारुढ लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवंम नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेटवार्ता गरेका थिए ।


प्रतिक्रिया