सिट वाँडफाडका लागि सत्ता गठबन्धनले कार्यदल नै बनाएको छ भने त्यसको नेतृत्वकांग्रेस नेता कृष्णप्रसाद सिटौलालेगरिरहेका छन । तर दलहरुको अडान र भागवन्डाको बढ्दो रस्साकस्सीकावीचसहमति जुटाउन कार्यदल सफलहोला त ? सत्ता गठबन्धनका दलहरु चुनावीतालमेलमाजाने निर्णय गरेसंगै सिट वाँडफाडको लागि ११ सदस्यीयकार्यदलनिर्माण गरिएको छ । स्थानीयतहको निर्वाचनमा पेचिलो बनेको भागवन्डाको विषयबाट पाठ सिक्दै सत्ता घटक दलले यो उपायअपनाएकाहुन ।
नेपालीकांग्रेसबाट ३ जनारअन्यचार पार्टीबाट दुई–दुई जना सदस्यरहेकोकार्यदलको पहिलो बैठक समेत बसिसकेको छ । तर साउनमसान्तभित्रकाम सक्नुपर्ने जिम्मेबारी पाएको कार्यदलको पहिलो बैठक सयोजंकमा नेपालीकांग्रेसका नेता कृष्ण प्रसाद सिटौला चयन गर्नमै सिमितबन्यो । बैठकमा सिट बाँडफाँडबारे सामान्य छलफल भएको बताइएको छ भने अर्को वैठक साउन २६ गते बस्दै छ ।पाँचदलिय गठबन्धनमात्र हुँदा समेत सिट बाँडफाटमा चुनौतीहुनेआकंलनगरिएको कार्यदलको थाप्लोमाअन्यदलको समेत भारी थपिने देखिएको छ ।
कार्यदल बस्नुअघि कांग्रेसका शीर्ष नेताहरुको बैठकमा गठबन्धनमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सहभागी गराउने विषय उठेको थियो । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आफू गठबन्धनकै हिस्सा रहेको बताइसकेको छ भने समाजवादी केन्द्रको प्वालबाट वामदेव गौतम पनि गठबन्धनमा छिर्दैछन् ।
त्यस्तै कांग्रेसका शिर्षस्थ नेताहरुलाई जिताउनस्थानीयआवश्यकताकाआधारमा राप्रपा समेत गठबन्धनमा जोडिने सम्भावना बढेको छ ।यसले समेत कार्यदलमाथिअझवोझथपिएको छ । तर कार्यदलको सुरुवात नै त्यति उत्साहपूर्ण भने देखिएको छैन । यद्यपीकाग्रेस नेताहरुले भने कार्यदलले तोकिएको समयभन्दाअगावै काम सक्ने विश्वास व्यक्तगर्दै आएका छन ।
पहिलो बैठकमा सिट बाँडफाँटका मापदण्डका आधार तय गर्न आ–आफ्नो पार्टीभित्र गृहकार्य गरेर बिहीबार पुनः बैठक बस्ने समझदारी भएको काग्रेस नेताहरुले बताएका छन । तर एकीकृत समाजवादीकानेताहरुले भने ०७४ को प्रतिनिधिसभा र ०७९ को स्थानीयनिर्वाचनको मतपरिणामलाई केन्द्रमा राखेर सिट बाँडफाँटको ढाँचा तयार पार्ने दिशामा छलफल भएको बताएका छन ।
तर भागवन्डाको मोडालिटिनै तयार नभएको अहिलको अवस्थामामुख्य सत्ताघक दलकांग्रेसका नेताहरूले भने ६० प्रतिशत हिस्सा लिने गरी गठबन्धनमा छलफल अघि बढाउन नेतृत्वलाई दवावदिईरहेका छन ।तर गठबन्धनमा रहेका अन्यचार दलभने कांग्रेसका लागि ५० प्रतिशत सिट छुट्याउनुपर्ने पक्षमाछन । बाँकी ५० प्रतिशत सिटमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले आपसमा बाँडफाँट गर्ने गरी समझदारी जुटाउन माओवादीअध्यक्षपुष्पकमलदाहालले अगुवाइगरिरहेका छन ।
जसमा देउवा प्रचण्डले पेल्न सक्ने बुझेका यतानेकपाएकीकृत समाजवादीकाअध्यक्षमाधवकुमार नेपालले आफ्नो शक्तिनिर्माण गरेर अघि बढ्नु पर्ने बताइरहेका छन् ।चुनावको अन्तिम समयमायतिलिने भए लेउ नत्रहुँदैन भन्ने अवस्थाआउन सक्ने डरमा रहेका उनको दवावपनि सिटवाडफाडमा कार्यदलाई सोचेजति सहज देखिएको छैन ।
विगतमापनिकांग्रेस सभापतीगिरिजाप्रसाद कोईराला र प्रचण्डवीचको सम्पर्क शुत्रका रुपमा रहेका सिटौलामाथिअहिले भागवन्डाको जिम्मेवारी आई परेको छ । कांग्रेस र माओवादीदुवैवीच समन्वयगर्न सक्नेसिटौला सयोजंकहुनुले भने केहि आशागर्ने ठाँउ दिएको छ । तर न्यायोचित सिट बाँडफाँट गर्नका लागिदलहरूमालचकतादेखाएनन् भने कार्यदललाई कामगर्न सहज छैन ।यो सहजता र आवश्यकताभने आगामीदिनमाप्रतिपक्षीदलले लिने रणनिति र विकसित घटनाक्रमले समेत निर्धारण गर्ने छ ।


प्रतिक्रिया