काठमाडौँ — नेपाल निजामती कर्मचारी संगठनले आर्थिक वर्ष २०७९र०८० को बजेट वक्तव्यमा उल्लेख गरिएभन्दा नयाँ र फरक खालको तलबमान अर्थ मन्त्रालयले सार्वजनिक गरेकोमा विरोध जनाएको छ। संगठनले सोमबार प्रेस विज्ञप्ति जारी गरी अर्थ मन्त्रालयको छाप र जिम्मेवार अधिकारीको दस्तखतसहितको राष्ट्रसेवक कर्मचारीहरूको नयाँ र फरक—फरक तलबमान उल्लेख भएबाट आम राष्ट्रसेवक कर्मचारीहरूमा अन्योल बढाएको जनाएको छ।
आर्थिक वर्षको बजेट वक्तव्यले समान प्रतिशतमा तलब वृद्धि गर्ने मान्यता स्वीकार गरिसकेको अवस्थामा अर्थ मन्त्रालयका राजस्व सचिवको दस्तखत रहेको तलबमानमा उल्लिखित राजपत्रांकित पदहरूमा गरिएको तलब वृद्धिको समान अनुपातमा प्रतिशतमा र आधारमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारीहरूको तलब वृद्धि गर्न नेपाल सरकार अर्थ मन्त्रालयसँग संगठनले माग गरेको छ।


प्रतिक्रिया