Breaking

३० र ३१ गते कांग्रेसले जनप्रतिनिधिलाई प्रशिक्षण दिने


काठमाडौँ — नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना गरिने नेपाली कांग्रेसले जनाएको छ ।

बालुवाटारमा सोमबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकले प्रशिक्षणको मिति तय गरेको हो । प्रशिक्षणमा कांग्रेसबाट निर्वाचित देशैभरका जनप्रतिनिधि सहभागी हुनेछन् ।