काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल भएको लोसपाका एक नेताले बताएका छन् ।
प्रधानमन्त्री देउवाले नागरिकता सम्बन्धी विधेयक पारित भइसकेको र लोसपाका कार्यकर्ताहरूको रिहाइको मुद्दा फिर्ताका लागि प्रक्रिया अघि बढिसकेको जानकारी गराउँदै लोसपासँग सहकार्यका लागि सकारात्मक भएको बताइएको छ ।
पाँचदलीय गठबन्धनमा लोसपा पनि सहभागी हुने विषयमा सकारात्मक कुराकानी भएको बताइएको छ ।


प्रतिक्रिया