राजनीति

भत्ता कटौती गरेका कारण बैठकमा कोरम पुर्‍याउन मुश्किल

योहो संवाददाता

काठमाडौँ — प्रदेश १ को प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिका सभापति सर्वध्वज साँवा लिम्बूले बैठक भत्ता कटौती भएका कारण संसदीय समिति प्रभावकारी नभएको बताएका छन् । आइतबारको प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गर्दै उनले सरकारले भत्ता कटौती गरेका कारण बैठकमा कोरम पुर्‍याउन पनि मुश्किल परेको बताएका हुन् ।

बीचमा के लागेर हो भत्ता चट्टै काटियो, सदन लागेका बेला बैठक बस्यो डबल भत्ता नपाइने, अरु बेला बोलाउँदा खर्च नपुग्ने, भाडा नपुग्ने, किन आउनु समितिको बैठकमा भनेर भत्ताले पनि डिस्टर्ब गर्‍यो’ उनले भने, अर्को, बीचमा कोरोना आइलाग्यो, जसले गर्दा समितिको बैठक बाक्लो बस्न सकेन ।