Breaking

अण्डर ग्राउण्ड पाकिङ अनिवार्यमा अटेरी, अधिकांश भवनको पाकिङमा व्यवसाय सञ्चालन


काठमाडौँ — काठमाडौँ उपत्यकामा ठूल्ठूला भवन, होटल, हस्पिटल, सिनेमा हल बनाउँदा अण्डर ग्राउण्ड पाकिङ अनिर्वाय भनिएको छ । तर पनि महानगरको अधिकाँश भवन पाकिङ स्थल गर्ने ठाउँमा ब्यापार ब्यवसाय गरेको छन् भने सवारी साधनहरु बीच सडकमै पार्किङ गर्नुपर्ने अवस्था आएको छ ।

बढ्दो सवारी चापलाई लक्षित गर्दै काठमाडौं महानगरले व्यापारिक प्रयोजनका लागि बनेका भवनमा अण्डरग्राउण्ड राख्दा पार्किङ अनिवार्य गरेको छ । साथै अण्डरग्राउण्ड पार्किङसहितको भवन निर्माण गर्दा महानगरले नक्सा पासमा पनि सहुलियत दिने गरेको छ । तर व्यवसायीहरुले भवन निर्माण सम्पन्न भएपछि अण्डरग्राउण्डलाई पार्किङको रुपमा नभइ व्यवसायीक रुपमा नै भाडामा लगाउँदा महानगरमा पार्किङको समस्या विकराल बन्दै आएको छ ।

मुख्य सडकमा गगनचुम्बी सडक बनाउँदा अण्डरग्राउण्ड पाकिङ बनाउँछु भनेर नक्सा पास गर्ने तर निमार्ण सम्पन्न भएपछि सटर बनाएर भाडामा लगाउने प्रचलनले व्यस्त सडकमा नै पार्किङ गर्नुपर्ने अवस्था छ । यहि समस्यालाई मध्यनजर गर्दै पछिल्लो समय महानगरले व्यवसायीक भवनमा अण्डरग्राउण्डमा पार्कङ अनिवार्य गराउँदै अनुगमन सुरु गरेको छ ।

सडक छेउमा असान्दर्भिक पार्किङ र फुटपाथमा सडक व्यवसायीको कव्जाले गर्दा सडक दुर्घटना पनि बढ्दो छ । साथै व्यस्त र साघुरा सडकमा यत्रतत्र सवारी साधन राख्दा घण्टौसम्म सवारी जाम हुने विषय नौलो होइन । यसमा पनि मुख्य मार सर्वसाधरणलाई नै परेको छ ।

हुन त सवारी चालकका समस्या पनि कम छैन । पार्किङ स्थल सर्वसुलव नहुँदा सवारीसाधन लिएर व्यस्त बजारमा निस्कने अवस्था छैन । सडकछेउमा पर्किङ गर्दा ट्रफिक प्रहरीले समात्ने, भएका सीमित पार्किङ स्थलमा स्थान नपाइने, पाए पनि पार्किङ सुल्कले ढाड सेक्ने अवस्थाले सवारी चालक पनि मारमा पर्ने गरेका छन् । त्यसैले महानगरले अण्डरग्राउण पार्किङलाई व्यवस्थित गर्ने योजना बुन्दै गर्दा डिजिटल पार्किङको सम्भाव्यताबारे पनि अध्ययन गर्न जरुरी देखिन्छ ।