देश

कुलोमा डुबेर बालकको मृत्यु


काठमाडौँ — कैलालीमा एक बालकको डुबेर मृत्यु भएको छ । टीकापुर नगरपालिका १ एकतानगर शिविरका लालसिंह परियारका १२ वर्षीय छोरा दिनेश परियारको डुबेर मृत्यु भएको हो । दिनेशको नुहाउने क्रममा जमरा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पानीमा डुबेर बेहोस भएका दिनेशलाई तत्काल उपचारका लागि टीकापुर अस्पतालमा पुर्याइएको र उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले रातोपाटीलाई जानकारी दिए ।