Breaking

जसपा पतनको बाटोमा गएपछि नयाँ पार्टी खोल्नुपर्‍यो: बाबुराम भट्टराई


काठमाडौँ — नवगठित नेपाल समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीयरक्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको बताएका छन् । नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको वैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताएका हुन् ।

ललितपुरको बालकुमारीमा शनिबार आज सुरु भएको पार्टी केन्द्रिय समितिको प्रथम बैठकमा बोल्दै उनले पार्टीको वैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पारे ।जसपाले संर्कीण एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरू गर्‍यौं, बहसहरू गर्‍यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यही पार्टीलाई रुपान्तरण गरेर अघि बढन सक्ने अवस्था देखिएन ।

त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रिय समितिको बिस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न गर्यौं ।’ उनले भने, ‘तर जो मानिसहरु उही पुरानै बाटोमा हिँड्न अभ्यस्त थिए। उनीहरुले रुपान्तरणको कुनै संकेत देखाएनन् । उल्टै पार्टीलाई एउटा नयाँ ढंगले विघटनको दिशातिर, विसर्जनको दिशातिर लिएर जाने जुन प्रयत्न गरे ।’

​नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरूसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताए । जनताका मुद्दाहरूलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उनले ती विषयहरुमा गम्भीर छलफल गरी पार्टीको केन्द्रिय समिति बैठकले आवश्यक निर्णय लिने बताए ।