विदेश

विदेशी कुटनीतिज्ञलाई चीनले फिर्ता बोलायो


काठमाडौँ — चीनले ताइवानमा आफ्नो आक्रामक सैन्य कारवाहीमाथि आपत्ति जताउने युरोपेली देशका कुटनीतिज्ञका साथै जापानका राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले चीनको आपत्तिका बाबजुद ताइवानको भ्रमण गरेकी छिन् । चीनले ताइवानलाई आफ्नो हिस्सा मान्छ । जवाफी कारवाहीको रुपमा चीन ताइवानको आसपासको इलाकामा आक्रामक सैन्य अभ्यास गरिरहेको छ । उसको तर्फबाट लगातार मिसाइल दागिएको छ । उसले ताइवान स्ट्रेटमा नौसेनाको जहाज, जंगी विमान पनि पठाएको छ ।

यसमाथि युरोपेली संघ र जी–सेभेन समूहमा समावेश देशले आपत्ति जताएको थियो । अब चीनले सैन्य अभ्यासमाथि विरोध जनाउने युरोपेली देशका कुटनीतिज्ञका साथै जापानी राजदूतलाई पनि बोलाएको छ । शुक्रबार चीनको विदेश मन्त्रालयले विदेश उपमन्त्री डेंग लीलाई उद्धृत गर्दै यी देशको बयानलाई ‘गलत’ बताए र साथै चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै आपत्ति जतायो ।

यसअघि जी–सेभेन समूहको बयानप्रति विरोध जताउनका लागि चीनले बिहिबार जापानसँग हुने विदेशमन्त्रीहरुको बैठक पनि रद्द गरिएको थियो । जी–सेभेनले संयुक्त बयान जारी गरेर चीनसँग ‘यथास्थितिमा एकतर्फी परिवर्तन’ ल्याउनबाट जोगिन भनेको थियो । चीनको तर्फबाट दागिएको मिसाइलमा चारवटा जापानको विशेष आर्थिक क्षेत्रमा खस्यो जसका लागि जापानले विरोध जताएका ेछ । जापानले यसलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा बताएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले शुक्रबार चीनको सैन्य अभ्याससले क्षेत्रीय शान्ति र सुरक्षालाई खतरा पैदा गरिरहेको बताएका छन् । अर्कोतर्फ न्यान्सी पेलोसी आफ्नो एशियाली भ्रमणको अन्तिम बिन्दुको रुपमा शुक्रबार जापान पुगिन् । त्यहाँ उनले पत्रकार सम्मेलनमा उनको ताइवान यात्राको उद्देश्य यथास्थिति परिवर्तन गर्नु नभएको बताइन् । पेलोसीले अमेरिकाले ताइवानलाई कहिल्यै एक्लो हुन नदिने बताएकी छिन् । एजेन्सी