Breaking

नेपाली कांग्रेस माओवादी केन्द्र बहुत खतरनाक तत्व हुन्: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बहुत खतरनाक तत्व भएको आरोप लगाएका छन् । शुक्रबार एमाले उपत्यका विशेष प्रदेश कमिटीले आयोजना गरेको रणनीतिक कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस(एमालेमाथि निरन्तर निगरानी गर्नुपर्ने बताए । ‘कांग्रेस(एमालेले जे पनि गर्न सक्छन् । उनीहरुलाई निगरानी गर्नुपर्छ,’ उनले भने, ‘उनीहरुले जे पनि गर्न सक्छन् ।’

अध्यक्ष ओलीले अहिलेको गठबन्धनलाई लाज शरम पचेको हुँडारको संज्ञा दिए । उनले भने, ‘यिनीहरूको निगरानी गर्नुपर्छ, उनीहरूले जे पनि गर्न सक्छन् ।’ अहिले चुनाव जित्न कार्ल मार्क्सको पुँजी पढ्नु नपर्ने उनको तर्क थियो । ‘अहिले दास क्यापिटल नपढ्नुस्, चुनावपछि पढ्नुहोला । माओका भोल्युम पनि पढ्नुपर्दैन । नेपाल पढ्नुस्,’ उनले भने ।

चुनाव अगाडि गठबन्धनले दिग्भ्रमित बनेका मतदातालाई भ्रममुक्त गर्न उनले नेता कार्यकर्तालाई निर्देशन दिए । ‘मतदातालाई अरुले दिगभ्रमित बनाउन नसकून् । भ्रममा नपरेका कोरा कागजमा नाम लेखिहालौं,’ उनले भने, ‘भ्रममुक्तलाई आफ्नो पक्षमा स्पष्ट बनाउने र भ्रमितलाई भ्रममुक्त गरिदिने । अध्यक्ष ओलीले गठबन्धनले आँखामा मोतीविन्दू हालिदिएकाहरूलाई भ्रममुक्त गराइदिन आग्रह गर्दै भने, ‘उनीहरुको आँखाबाट भ्रमको मोतीविन्दू मुक्त गर्नुपर्छ ।