काठमाडौँ — सत्तारुढ पाँच दलले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न कार्यदल बनाउने भएका छन् ।
सत्ता गठबन्धनको शुक्रबार बालुवाटारमा बसेको बैठकले कार्यदल बनाएरै दुवै सभाको उम्मेदवारका लागि सिट बाँडफाँट गर्ने निर्णय लिएका हुन् ।
बैठकले सत्ता गठबन्धनमै तालमेल गर्ने र चुनावमा केन्द्रित हुने निर्णय गरेको छ । त्यसैगरी पाँच दलभित्रैका दुई दलहरुबीच मात्रै गठबन्धन गर्न सकिने गरी बैठकले सहमति जुटाएको सहभागी एक नेताले बताएका छन् ।


प्रतिक्रिया