Breaking

चुनावी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौँ – सत्ता गठबन्धनको बैठक बस्दै छ । आज बिहान साढे ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा चुनावी रणनीति र तालमेलका विषयमा छलफल हुनेछ ।

सरकारले हिजो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ । त्यसैको तयारीका गठबन्धनको भावी रणनीतिबारे छलफलका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको बोलाएको उनको सचिवालयले जनाएको छ ।

आजको बैठकमा ४ मंसिरको निर्वाचनमा गठबन्धन दलहरूबीच हुने भागबण्डाका विषयमा छलफल जनाइएको छ ।