देश

द भ्वाइस अफ नेपालमा दुई निर्णायक परिवर्तन


काठमाडौँ — द भ्वाइस अफ नेपाल सिजन ४ को लागि दुई निर्णायक परिवर्तन गरिएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच यसबारेमा जानकारी गराइएको हो ।

परिवर्तित निर्णायकमा राजेशपायल राई र प्रविशा अधिकारी छन् । त्यस्तै पुराना निर्णायक प्रमोद खरेल र राजु लामाले यस सिजनमा पनि निरन्तरता पाएका छन् । गायन रियालिटी शोको टाइटल स्पोन्सरमा बजाज पल्सर रहेको छ ।

सिजन ४ को निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । डिजिटल अडिसनमा सहभागी भएका करिव ४१ हजार आवेदक मध्येबाट छानिएका १२० बढी प्रतिभाहरू ब्लाइण्ड अडिशनको तयारीमा रहेका छन् ।