काठमाडौँ — संसदीय निर्वाचन नजिकिँदै गर्दा बजारमा आफूलाई वैकल्पिक शक्ती दावी गर्नेहरु बढेका छन । पुराना र परम्परागत नेतृत्व र शक्तीले नयाँ परिवर्तनको नेतृत्व दावी गर्ने उनीहरुको दावीलाई आमनागरिकले भने विश्वास गरेका छैनन् । फलत उनीहरुको दावी पानीको फोका बन्ने त हैन भन्ने आशंका उब्जिएको छ । संविधान निर्माणसँगै आफ्नै पार्टीलाई ’रातो स्टिकर लागेको घर’ को संज्ञा दिँदै डा.बाबुराम भट्टराईले माओवादी पार्टी छाडे ।
नयाँ शक्ती पार्टीको गठन गरेका उनले आर्थिक क्रान्तीनयाँ पार्टीबाट मात्र सम्भव रहेको भन्दै लामो समय संघर्ष गरेको र आफूलाई राजनीतिमा स्थापित गरेको आफ्नै पार्टीलाई अनेक आक्षेप लगाए ।तरवैकल्पिक राजनीतिको सूत्रधार बन्न तम्सेका भट्टराईले नत नयाँ कार्यक्रम ल्याउन सके, न जनताले बुझ्ने भाषामा समृद्धिको ठोस मार्गचित्र कोर्न सके, न त जनताको मन नै उनले जित्न सके । नयाँ शक्तिबाट वैकल्पिक राजनीतिको अपेक्षा पूरा हुन नसक्ने देखेपछि उनी जनता समाजवादी पार्टीमा विलय भए ।
तर जसपालाई क्षेत्रिय पार्टीभन्दा माथि उठाउन नसकेपछि उनी अहिले जसपाबाट पनि बाहिरिएका छन । यता उज्जल थापाले पनि विवेकशील नेपाली नामको एउटा अभियान चलाईरहेका थिए । विकेकशील नेपाली पछि निर्वाचन आयोगमा दर्ता भई निर्वाचनमा सहभागी भएको थियो । वन्दको विरोध र युवा नेतृत्वको कारण विवेकशीलप्रति आकर्षण पनि राम्रै थियो । यसैको परिणाम स्वरुप काठमाडौँ महानगरको मेयरमा रन्जु दर्शनाले राम्रै मत समेत ल्याएकी थिईन । यहि प्रभावले लोभिएका र अर्को वैकल्पिक शक्तीको नेतृत्व गरिरहेका रविन्द्र मिश्रले पार्टी एकता गरे र विवेकशील साझा पार्टी बनाए ।
तर भित्रभित्रै राजतन्त्रको तुस वोकेर वाहिर वैकल्पिक राजनीतिको वकालत गर्ने मिश्रको नेतृत्व धेरै टिकेन भने पार्टी फुट्यो । जसले नेपालमा वैकल्पिक दावी गर्नेहरुप्रतिको विश्वासमात्र डगमगाएन स्वयम पार्टीभित्रै कलह सुरु भयो । बैकल्पिक शक्ति भनिएका हरु पनि आन्तरिक विवादकै कारण अस्थित्व रक्षाको चरणमा पुगेका छन् ।
तर वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले वैकल्पिक शक्तीको विषयलाई पुन वहसमा ल्याएको छ । एक महानगर र तीन उपमहानगरसहित १३ पालिकामा स्वतन्त्र उम्मेदवारको जितले धेरैलाई हौसाएको छ ।आसन्न प्रदेश एवं संघीय निर्वाचनका लागि सञ्चारकर्मी रवि लामिछानेको नेतृत्वमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन नै गठन भएको छ । विगतको सिकाई र भविष्यको चुनौतीको आकंलन सहित राजनीतिमा होमिएका लामिछाने र उनी जस्ता अन्य धेरै अहिले आफू सच्चा विकल्प भएको दावी गर्ने दौडमा छन । तर त्यो त्यति सहज नभएको विश्लेषकहरुको बुझाई छ ।
विगतमा वैकल्पिक शक्ति बनाउने प्रयासमा लागेको धक्का, शक्तिशाली राजनीतिक दलहरूसँग लडाइँ, पार्टीका नयाँ सदस्यको व्यवस्थापन र प्रदेश एवं संघमा स्वतन्त्र उम्मेदवारी दिनेहरू नयाँ पार्टीका लागि चुनौती बन्न सक्ने विश्लेषकहरूको बुझाइ छ । आजसम्म आफूलाई विकल्प भन्नेहरुले तल्लो तहको मुद्धा नउठाएकै कारण यस्तो अवस्था आएको उनीहरुको भनाई । मध्यम वर्गका मुद्धाका लागि परम्परागत शक्ती नै काफी रहेकोले अहिले विकल्पको वहस चलाउनेहरुले यसतर्फ सोच्नुपर्ने उनीहरु बताउन । यद्यपी आफ्नो विकल्प कोहि हुन नसक्ने घमण्ड गर्ने दलहरुले भने सोच्ने बेला आएको उनीहरुको भनाई छ ।
हुन त राप्रपाले समेत आफूलाई वैकल्पिक शक्ती भएको दावी गरिहेको छ । तर स्थानीय तहकै निर्वाचनको नतिजाले उसको दावीलाई मिथ्था सवित गरिदिएको छ । यता विवेकशील समुह अस्तित्व रक्षाको दौडमा रहँदा स्वतन्त्र भनिएकाहरुकै वीचमा फाटो आएको छ । फलत वर्षौ देखि संगठित हुँदै आएको र समाजको तल्लो तह र सत्तासम्मै पहँुच स्थापित गरेका परम्पारगत शक्तीलाई असंगठित र फुटको अवस्थामा रहेको शक्तीले धक्का दिनेमा ढुक्क हुनसक्ने अवस्था भने छैन ।


प्रतिक्रिया