Breaking

प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्छौं: आयोग

योहो संवाददाता

काठमाडौँ — सरकारले मंसिर ४ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावको निर्वाचन आयोगले स्वागत गर्दै स्वच्छ, निष्पक्ष र भयरहित ढंगले काम गर्ने बताएको छ ।

बिहीबार साँझ आयोगमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले १ सय ७ दिनको अवधीमा अर्जुन दृष्टि लगाएर काम गर्ने बताए । उनले आयोगले अनौपचारिक ढंगले शान्तिपूर्ण रुपमा चुनाव गर्ने तयारी गरिरहेकोमा त्यसलाई औपचारिक रुपमा सम्पन्न गर्ने बताए । प्रमुख आयुक्त थपलियाले भने– ‘समय अवधिको दृष्टिकोणले हामीलाई कुनै समस्या पर्ने छैन् ।

नजिकै चाडपर्वहरू आएकोले हाम्रो खटन पटनमा केही समस्या आउन सक्छन् । त्यसलाई हामी सहज रुपमा समाधान गछौँ ।’ उनले आयोगले संविधानमा भएको र निर्वाचन कानुनमा भएको व्यवस्था अनुसार मंसिर २१ गते सांसदहरुको पदावदी सकिने परामर्श सरकारलाई बुझाएको बताए ।