काठमाडौँ — निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दसैंलगत्तै उम्मेदवारी दर्ता गर्ने गरी कार्यतालिका प्रकाशन गर्ने बताएका छन् । सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै बिहीबार आयोगमा गरिएको पत्रकार सम्मेलनमा उनले उम्मेदवारी दर्ता गर्ने मिति पछि तोक्ने बताए ।
यस्तै निर्वाचनमा भाग लिने सांसदहरुको उम्मेदवारी दर्ता गरेकै दिनबाट पदावदी सकिने आयोगको धारणा रहेको उनले सुनाए । यस्तै व्यारेकमा रहेका सैनिक, वृद्धाश्रममा रहेका ब्यक्ति, कर्मचारीलाई अस्थायी मतदाता परिचय पत्र व्यवस्था गरेर समानुपातिक निर्वाचन प्रणालीमा भएपनि सहभागी गराउने उनले बताए ।


प्रतिक्रिया