Breaking

अमेरिका एक चीन नीतिबिरुद्ध गयोः कम्युनिष्ट पार्टी

योहो संवाददाता

काठमाडौँ — नेपालका कम्युनिष्ट पार्टीहरुले एक चीन नीतिमा नेपाल उभिनुपर्ने धाराणा राखेका छन् । बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कम्युनिष्ट पार्टीका वक्ताहरुले नेपाल एक चीन नीतिमा अडिग रहनुपर्ने बताएका हुन् । अमेरिकाको संसदकी सभामुख न्यान्सी पेलोसीले बुधवार ताईवानको भ्रमण गरेको विषयलाई नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरुले अमेरिकाको यो भ्रमण एक चीन नीति
विपरित् भएको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेकपाका अध्यक्ष लोकनारायण सुवेदीले अमेरिकाले चीनिबिरोधी गतिविधिहरु गरेको यो पहिलो पटक नभएको बताउनु भयो ।

उहाँले अमेरिकी संसदको सभामुखले ताईवानको प्रमुख शहर ताईपेईको भ्रमण गर्नु एक चीन नीतिबिरुद्ध भएको भन्दै नेपालले एक चीन नीतिको पक्षमा रहनुपर्ने बताउनु भयो । अध्यक्ष सुवेदीले नेपाल कम्युनिष्ट पार्टीले नेपालमा जबसम्म सामन्तवाद र साम्राज्यवाद रहन्छ तबसम्म विकास सम्भव नहुने
उल्लेख गर्दै आएको भन्दै अमेरिकाले आईपीएस र एमसीसी लगायतका कार्यक्रम अघि
सारेर चीनबिरुद्ध गतिविधि गरिरहेको बताउनु भयो ।

उहाँले अमेरिका चीनको बढ्दो शक्ति देखेर आत्तिएको भन्दै विभिन्न राष्ट्रमा घुसेर चीनिबिरुद्धका
गतिविधि गरिहरेको बताउनु भयो । त्यस्तै नेकपाका अध्यक्ष ऋषि कट्टेलले नेपाललाई अमेरिकी सैन्य अखडा बनाउन नदिने र नेपालबाट चीनबिरोधी गतिविधि गर्न नदिने कुरामा नेपाल कम्युनिष्ट
पार्टी प््रतिवद्ध रहेको बताउनु भयो । उहाँले चीनलाई घेर्ने अमेरिकी
रणनीतिलाई सफल गर्न नदिने पक्षमा आफू रहेको बताउनु भयो ।

अध्यक्ष कट्टेलले नेकपा एक चीन नीतिको पक्षमा आफूलाई दृढताका साथ अघि बढाउने स्पष्ट
पार्नुभयो । उहाँले अहिलेको सरकारका वर्ष दिनका गतिविधिले इण्डो अमेरिकी
हीतमा समर्पित भएको संकेत गरेको आरोप लगाउनु भयो । उहाँले सरकार नेपालको
हीतलाई छोडेर शक्तिको हीतमा समर्पित रहेको बताउनु भयो । अध्यक्ष कट्टेलले प्रशान्त क्षेत्रीय रणनीतिक अन्तर्गतको हेड क्वार्टर नेपाललाई बनाउन नुवाकोट र पाल्पामा ठूलो मात्रामा जमीन किन्न लागेको बताउनु
भयो ।