काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्मासँग काम गर्न अनिच्छुक देखिएका अर्थसचिव मधुकुमार मरासिनीको सरुवा भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले थाहाखबरलाई जानकारी दिइन् ।
बैठकले अर्को सचिव नियुक्त नहुन्जेलसम्मका लागि राजश्व सचिव कृष्णहरि पुष्करलाई नै अर्थ सचिवको जिम्मा दिएको छ ।
अर्थमन्त्री शर्मा मन्त्रालय फर्किएसँगै मरासिनी गत आइतबारदेखि नै बिदामा छन्। उनी मन्त्री शर्माको स्वागतमा समेत उपस्थित भएका थिएनन् ।


प्रतिक्रिया