काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०लाई सरकारमा सहभागी गराउन चाहे पनि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको विरोधका कारण पछि हटेका छन् । लोसपालाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवानिकट नेताहरूले लोसपाका नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लसँग छलफल गरेका थिए । प्रधानमन्त्री देउवाले लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतसँग पनि छलफल गरेका थिए ।
स्रोतका अनुसार लोसपाले ४ मन्त्रालय मागेको थियो । तर दुई मन्त्रालय लिएर पनि लोसपा सरकारमा आउन तयार भएको थियो । लोसपालाई सरकारमा ल्याउने विषयमा जसपा अध्यक्ष यादवले असहमति जनाएपछि प्रधानमन्त्री देउवा पछि हटेको उनी निकट स्रोतले बताएको छ ।
लोसपाका दुई जनालाई मन्त्री बनाउने तयारी थियो । यसमा जसपा अध्यक्ष यादवले असहमति जनाउनुभएको छ,बालुवाटार स्रोतले भन्यो, उपेन्द्र यादवले असहमति जनाएपछि प्रधानमन्त्री पछि हट्नुभएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि लोसपालाई सरकारमा ल्याउने विषयमा चासो दिनुभएन । जसपा अध्यक्ष उपेन्द्र यादवले भने लोसपालाई सरकारमा ल्याउने विषयमा कुनै छलफल नभएको दाबी गरे ।


प्रतिक्रिया