काठमाडौँ — बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले वृद्धि भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार १ रुपैयाँ र तेजावी सुनको मूल्य ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको मूल्य ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ थियो ।
बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार २१० रुपैयाँमा तोकिएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २१० रुपैयाँमै कारोबार भएको थियो ।


प्रतिक्रिया