काठमाडौँ — संसदीय निर्वाचन आगामी मंसिरमा गर्ने सरकारको तयारीका वीच एमाले चर्को दवावमा देखिएको छ । यहि गठबन्धन रहे निर्वाचनपछि पनि प्रतिपक्षमा चित्त बुझाउनुपर्ने यर्थाथकावीच नयाँ समिकरण निर्माण उसका लागि अपरिहार्य बनेको छ । जसका लागि दौडधुप बढाएका ओली यतिवेला सम्भावित गठबन्धनको खोजीमा छन ।
सत्ता गठबन्धनसंग आगामी चुनावमा पनि तालमेल गरेर अघि बढ्ने कांग्रेसको निर्णय र सम्भावित वाम गठबन्धनको चर्चा सेलाएपछि एमाले यतिवेला सम्भावित समिकरणको खोजीमा लागेको छ । यसअघि बाटै अध्यक्ष ओलीले सत्ता गठबन्धन लोभी पापीहरुको सत्ता बार्गेनिङ स्थल बनेको बताँउदै आएका थिए । भागवन्डाकै कारणधेरै दिन नटिक्ने उनको विश्वास थियो भने आफूले चाहे एक हप्तामा गठबन्धन फुटाईदिने अभिव्यक्ती दिदै आएका थिए ।
प्रतिक्रियावादीहरुले ठूलो चुनौति दिइरहेका बेला संगै मिलेर काम गर्न आग्रह गरेका उनले आफ्नौ उखाने लवजमा ठूलै भाँडामा पकाएको ढिँडो खाउनँ, फेरि साना–साना भाँडा किना बसाउनुप¥यो भनी प्रश्न नै गरेका थिए ।
यता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने ओली इतिहासमा नराम्रोसँग पछारिएको टिप्पणी गर्दै आएका छन । आफू तेश्रो शक्ती हुने र किङमेकर बन्ने दाउमा रहेका उनले समाजवादी केन्द्र नै गठन भएपनि गठबन्धनलाई असर नपुग्ने बताँउदै आएका छन यहिवीचमा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले पनि माओवादी केन्द्र र एकीकृत समाजवादीवीच एकता हुने बताँउदै आएका छन । तत्काल एमालेसंग भने एकताको सम्भावना नरहेको उनको अभिव्यक्तीले पनि ओली अव सत्ताभित्रका कम्युनिष्ट निरिह बनेर आफ्नोमा नआउने निष्कर्षमा पुगेका छन । सत्ताभित्रबाट उपेन्द्र यादव नेतृवको जसपा र राप्रपा लगायतसंग तालमेल गर्ने तयारीमा एमाले देखिएको छ ।
यसै सन्दर्भमा योहो टेलिभिजनको सत्य संवाद कार्यक्रममा राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर जबरासँग गरिएको अन्तर्वार्ता :


प्रतिक्रिया