Breaking

मंसिर ४ गते संसदीय निर्वाचन गर्न गठबन्धन दल सहमत


काठमाडौँ — सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी मंसिर ४ मै संसदीय निर्वाचन गर्ने सहमति गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको ५ दलको बैठकले निर्वाचन आयोगले दिएको भन्दा २ दिनपछि चुनाव गर्ने सहमति गरेको हो । बिहीबार (आज) बस्ने मन्त्रिपरिषद बैठकले चुनावको मिति घोषणा गर्ने सहमति जुटाएको बालुवाटार स्रोतले जनाएको छ ।

गठबन्धनमा आगामी फागुनसम्म निर्वाचन सार्नेबारे पनि कुरा भएको थियो । तर, मंसिर १० को समयावधिभित्र परिणाम सार्वजनिक गर्ने गरी निर्वाचन तयारी भएको हो । यसअघि निर्वाचन आयोगले आगामी मंसिर २ गते प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै चरणमा गर्न सकिने सुझाव सरकारलाई दिइसकेको छ ।

तर दलहरूबीच संसद्को आयुलाई लिएर भने विवाद छ । तर चुनावी मिति घोषणापछि शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार भने स्वतः कामचलाउमा परिणत हुनेछ । यसअघि स्थानीय तहको निर्वाचन गत वैशाख ३० गते एकै चरणमा भएको थियो ।