Breaking

मूल्य घटाउन नसकिने आयल निगमको भनाइ, घाटा मुख्य कारण


काठमाडौँ — स्वचालित मूल्य प्रणाली लागु गर्न माग गर्दै अनेरास्ववियुले आयल निगम अगाडी विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आइओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । तर आयल निगमले भने आजै विज्ञप्ति जारी गर्दै घाटा कायमै रहेको भन्दै मूल्य समायोजन नगर्ने बताएको छ ।


पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसारसमायोजन गर्न माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले बिरोध प्रदर्शन गरेको छ । बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियू वाग्मती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले बिरोध प्रदर्शनसँगै निगमलाई स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्न माग ज्ञापनपत्र समेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आइओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै बिरोध प्रदर्शन गरेका हुन् । अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रुपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताए । अहिले सिंहदबार भित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको आरोप लगाए ।

त्यस्तै,नेपाल आयल निगमका प्रवक्ता विनितमणी उपाध्यायले अनेरास्ववियूको ज्ञापनपत्र बुझ्दै स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिवद्ध रहेको आस्वासन दिए । उनले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताए ।

बिरोध प्रदर्शनमा विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाबिरुद्ध नाराबाजी गरेका थिए । स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन नहुदा अन्य बस्तुको मुल्यमा समेत अचाक्ली वृद्धी भएको विध्यार्थि हरुको गुनासो छ ।